जो वाइडेनले लगाए कोरोनाविरुद्ध खोपको दोस्रो डोज

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाइडेनले कोरोनाविरुद्ध खोपको दोस्रो डोज लिएका छन्।

डेलाभरस्थित उनको घरनजिक रहेको अस्पतालकी प्रमुख नर्सले उनलाई कोरोनाविरुद्ध खोपको दोस्रो डोज लगाइदिएकी हुन्।

वाइडेनको ट्रान्जिसन टिमका अनुसार यसअघि उनले काेराेनाविरुद्ध पहिलाे खाेप लिइसकेका छन्। 

 वाइडेनले खोप लगाएको टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।

वाइडेनले खोप लगाउनु सुरक्षित छ भन्ने सन्देश दिन आफूले सार्वजनिक रुपमा खोप लगाएको बताएका छन्। वाइडेनको टिमले सत्ता सम्हालेको पहिलो १०० दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने योजना बनाएको छ 

यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए।

दाेस्राे डाेज लिने क्रममा उपस्थित पत्रकारसँग वाइडेनले गत बुधबार अमेरिकी संसदमा भएको हमलाका दोषीलाई पक्राउ गर्नुपर्नेमा जोड दिए।

ट्रम्पका सयौं समर्थकहरूले बुधवार अमेरिकी संसदमा आक्रमण गरी निर्वाचनमा उनको हारलाई उल्ट्याउने प्रयास गरेका थिए। राष्ट्रपति निर्वाचित जो वाइडनको विजयलाई प्रमाणीकरण गर्ने संसद्को सत्रलाई रोक्ने र संसद् भवन कब्जा गर्ने प्रयास उनीहरूले गरेका थिए। 

ट्रम्प समर्थकहरूलाई संसद् परिसरबाट हटाउनका लागि तीन घन्टा संघर्ष गर्नुपरेको थियो। समर्थकहरू संसद् भवनका हलवेमा दौडेका थिए अनि विभिन्न कार्यालयमा पसेर विध्वंस मच्चाएका थिए।  

 

प्रकाशित मिति: : 2021-01-12 08:24:00

प्रतिकृया दिनुहोस्