पूर्व उपप्रधानमन्त्री तथा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रुपान्तरण गर्न नसकेकोमा क्षमा मागेका छन्।
'उहाँकै शब्दमा भन्ने हाे भने सिद्धान्तका डल्लाका-डल्ला खर्च गर्याैं, विधिका डल्लाका-डल्ला खर्च गर्याैं, कार्दलका डल्लाका डल्ला-डल्ला खर्च गर्याैं, ड्रमका-ड्रम खर्च गर्याैं। आज माझ्याे उस्तै भाेली माझ्याे उस्तै। रुपान्तरण गर्दै सकेनौं', नेता रावलले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड-माधव नेपाल समूहकाे जनसांस्कृतिक महासंघले आयाेजना गरेको सांस्कृतिक सभामा नेता रावलले प्रधानमन्त्री ओली पार्टी विधान र प्रतिनिधि सभाबाट भागेको आराेप लगाएका छन्।
उनले भने, 'घरमा झगडा गरेकाे, मित्रसँग रिसाएको झाेकमा जाेसुकै प्रधानमन्त्रीले प्रतिनिधि भएपनि सभा विघटन गर्न सक्दैन। हामीहरुले संविधानमा स्पष्ट उल्लेख गरेका छाैं, मलाई राम्रोसँग स्मरण छ।'
सभामा नेता रावलले कविता समेत वाचन गरेका थिए।