‘गोर्खा जातिको हितका लागि गरिएको प्रतिबद्धता कागजको टुक्रा होइन’ (भिडियो)

भारतीय जनता पार्टी (भाजपा)कासांसद राजु विष्टले गोर्खा जातिको हित र दार्जिलिङ पहाडको स्थायी राजनीतिक समाधानको निम्ति गरिएको प्रतिबद्धता केबल कागजको टुक्रा मात्रै नरहेको बताएका छन्। 

पार्टीको संकल्प पत्रमा उल्लेख गरेको कुराहरू कुनै कागजको टुक्रा नभएको बताउँदै उक्त संकल्प पत्रलाई कार्य रूपमा उतार्न भाजपा प्रतिबद्ध रहेको उनले बताए। 

गोर्खा जातिको ११ जात गोष्ठीलाई जनजातिको मर्यादा दिलाउन तथा गोर्खा जातिको अस्मिता, विकास लगायत स्थायी राजनैतिक समाधानको लागि गत केही दिन अघि गृहमन्त्रीसँग बैठक गरिसकेको बताउँदै यसको समाधान धैर्य साथै भारतीय संविधान अनुसार गरिने विष्टले बताए।

प्रकाशित मिति: : 2021-01-11 16:56:00

प्रतिकृया दिनुहोस्