थ्रिएटर खुल्दै

फाइल तस्वीर
फाइल तस्वीर

कोरोनाको कारण १० महिनादेखि बन्द रहेका  थ्रिएटर खुल्ने भएका छन्। कोरोना जोखिम कम हुँदै गएकोले माघ १ गतेबाट थ्रिएटर खोल्ने तयारी भएको थ्रिएटर हबका संयोजक देव न्यौपानेले बिएल नेपाली सेवालाई बताए।

‘सबै क्षेत्रमा कोरोनाको कारण लागेको प्रतिबन्ध हटिसकेको छ। त्यसैले अब हामीले  थ्रिएटरको ढोका खोल्नु पर्छ। अन्य क्षेत्र जस्तै कोरोनाको कारण  थ्रिएटर पनि नराम्ररी प्रभावित हुनु पर्‍यो। थ्रिएटरका कलाकार पलायन हुने डरको अवस्था सृजना आउने देखियो। त्यसैले अब देश भरका  थ्रिएटर क्रमिक रुपमा खोल्दै लैजाने तयारीमा लागेको हौं,‘न्यौपानेले भने।

तालिका अनुसार माघ १ गतेबाट शिल्पि  थ्रिएटर खुल्ने छ। शैली र मण्डला  थ्रिएटरमा अन्तक्रिया र कौशिमा प्लेब्याक शो गर्ने भन्ने छ। त्यसपछि क्रमिक रुपमा अन्य  थ्रिएटर पनि खुल्दै जाने छन्।

प्रकाशित मिति: : 2021-01-11 11:43:00

प्रतिकृया दिनुहोस्