गीतको शब्द चोरेपछि निक्कीले ट्रेसीलाई तिर्ने भइन् चार लाख ५० हजार डलर

गीतको शब्द चोरेको विषयमा र्‍यापर निक्की मिनाजले गायिका ट्रेसी च्यापम्यानलाई चार लाख ५० हजार डलर तिर्नु पर्ने भएको छ।

 र्‍यापर मिनाजले आफ्नो गीत ‘सरी’मा सन् १९८८ मा आएको गायिका च्यापम्यानको हिट गीत ‘बेबी क्यान आइ होल्ड यु टुनाइट’को केही भाग प्रयोग गरेकी छिन्। 

आधिकारिक रुपमा मिनाजको यो गीत रिलिज नभए पनि प्रख्यात रेडियो डिजे फन्क मास्टर फ्लेक्सले बाहिर लेराएपछि यो विवाद सतहमा आएको हो। 

क्यालिफोर्निया सेन्ट्रल डिस्ट्रिक्ट कोर्टका मुख्य न्यायधिस भर्जिनिया ए फिलिप्सले मिनाजलाई जरिवाना भुक्तान गर्न र डिजे फ्लेक्सलाई बिना अनुमति गीत नबजाउन आदेश दिएका छन्। 

यद्वपी डिजे फ्लेक्सले अदालतको निर्णयलाई स्वीकार गरे पनि आफू निर्दोष भएको दाबी गरेका छिन्।

प्रकाशित मिति: : 2021-01-10 14:57:00

प्रतिकृया दिनुहोस्