भारतीय कमेडीको हुबहु ‘स्क्रिप्ट’ नक्कल गरेपछि तपेश्वर सिंह निकालिए

चर्चित टेलिभिजन शो कमेडी च्याम्पियनकाे शीर्ष २४ बाट तपेश्वर सिंह फ्याँकिएका छन्। 
 
उनको प्रस्तुती भारतीय कमेडीकाे ‘स्क्रिप्ट’ हुबहु मिलेपछि हटाइएको हाे। सिराहा निवासी तपेश्वर तेस्रो गोल्डेन कि पाउने प्रतियोगी हुन। मधेशी रोस्टर नामले परिचित उनी एक युट्युबर समेत हुन्।

उनको ठाउँमा अक्जल पूजारीलाई शीर्ष २४ मा प्रवेश दिइएको कमेडी च्याम्पियनले जनाएको छ। उनलाई निष्काशन गरिएसँगै उनको गोल्डेल पनि फिर्ता गरिएको छ।

अरूको सिक्ने तर, सिर्जना गर्दा नितान्त व्यक्तिगत हुनुपर्ने भन्दै अरूको कन्टेन कपी गर्दा समस्या हुने च्याम्पियनले जनाएको छ।  यही पौष १,२,३ र ४ गते १८० जनालाई ४ समुहमा बिभाजन गरि भएकाे थियाे।

अडिसनबाट अन्तिम २४ प्रतिस्पर्धीहरु छनोट गरिएको आयोजक कमिटिले जनाएको छ। केही प्रतियोगीहरुलाई निर्णायकले प्रस्तुति हेरेर सिधैँ गोल्डेन कि दिएर टप २४ मा छनोट गरेका हुन्।

अन्यलाई भने निर्णायक तथा निर्देशक टिमले दिएको नम्बरको आधारमा छनोट गरिएको हो। शीर्ष २४ बाट उत्कृष्ट १५ मा पर्नेलाई भोटिङमार्फत छानिनेछ।  विजेताले कार र २५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। 

प्रकाशित मिति: : 2021-01-10 14:44:00

प्रतिकृया दिनुहोस्