नेपाल–भारत सोसियो इकोनोमिक फोरम गठन

वीरगञ्जका उद्यमी व्यवसायी र पेशाकर्मीहरूको भेलाले नेपाल–भारत सोसियो इकोनोमिक फोरम गठन गरेको छ। वीरगञ्जका उद्यमी अशोककुमार टेमानीको अध्यक्षतामा फोरम गठन भएको हो।

नेपाल–भारत आर्थिक एवम् सामाजिक सरोकारहरूमा सहकार्यका लागि यस्तो पहल भएको अध्यक्ष टेमानीले बताए। नेपाल–भारत आर्थिक र सामाजिक सहकार्यका विषयमा निरन्तर सम्बाद र सहकार्य गर्ने निर्णय पनि भेलाले गरेको छ। 

संस्थाको उपाध्यक्षमा प्रकाश खण्डेलवाल, कोषाध्यक्ष माधव राजपाल र सचिव ओमप्रकाश खनाल छन्। सदस्यहरूमा गणेशप्रसाद लाठ, प्रदीपकुमार केडिया, ओमप्रकाश शर्मा, इन्दुशेखर मिश्र, सञ्जय खेतान, हरि गौतम, रितेश त्रिपाठी, महेशचन्द्र गौतम र जगदीश रुङ्गटा रहेका छन्। 

नेपाल–भारत आर्थिक र सामाजिक आयामहरूलाई आपसी हित प्रवद्र्धनमा केन्द्रित गर्न सरोकारका निकायहरूसित सम्बाद र साझेदारी गरिने फोरमले बताएको छ। नेपाल र भारतबीचको अर्थ सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले फोरम गठन भएको टेमानीले बताए।

प्रकाशित मिति: : 2021-01-09 21:20:00

प्रतिकृया दिनुहोस्