शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो। कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई पनि शिक्षा भनिन्छ। शिक्षाकै कारण नै यो संसार छ। यदि शिक्षा नभएको भए यो संसार हुदैनथ्यो, यो संसार अन्धकार भित्र गुन्जिरहन्थ्यो होला।
मानिसले कोक्रोदेखि चिहानसम्म शिक्षा हासिल गरिरहेको हुन्छ। पूर्णरुपले कसैले कहिले पनि शिक्षा ग्रहण गरेको हुँदैन, याे अनवरणत चलिनै रहन्छ। अशिक्षाको कारणले गर्दा र नेपालमा बेरोजगार भएपछि एउटा सुन्दर सपना बोकेर विदेशिने नेपालीहरु बाकसमा लास भएर नेपाल फर्किन परेका छन्। कति घरवारविहीन भएका छन्।
शिक्षाको महत्व त्यतिकै आवश्यक छ जति हाम्रो शरिरलाई अक्सिजनको। तर समय परिवर्तन भएकाे छ। यहाँ अक्सिजन पनि पैसाले किन्नुपर्ने दिन आइसकेकाे छ।
याे मान्यतालाई हटाउँदै बाराको जितपूर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरका मनोज कुमार साहले नि:शुल्क शिक्षा दिइरहेका छन्। करिब ७-८ वर्षदेखि १५०-२ सय विद्यार्थीलाई उनले शून्य पैसामा नै नि:शुल्क शिक्षा दिँदै आएका हुन्।
कुरा सुन्दा पत्याउनै नसक्ने जस्तो लाग्न सक्छ। २०० विद्यार्थीलाई नि:शुल्क शिक्षा? त्यो नि अहिलेको जमनामा? यही खुलदुलीलाई मेटाउन जब उक्त ठाउँमा बिएल नेपाली सेवाका टोलि पुग्दा दृश्य यस्तो थियो।
भुईमा बोरा उछ्याएर बसेका २ सय जति बालबालिकाहरु पढ्दै थिए। विद्यापिठमा जसरी नै पढ्दै थिए। हातमा कलम भूईमा कापि र किताव। तराई उसैत सितलहरले मुटु काप्ने जाडे। करिव ४ डिग्री चिसोमा कसैको नाकबाट सिगान बग्दै थियो भने कसैको मुखबाट र्याल।
उनीहरुलाई बाहिरी चिसोको मत्लब थिएन। नत नाकबाट बगेका सिगानकै। उनीहरु विना हल्ला पढ्दै थिए। आधुनिक डेक्स, बेञ्जबिना उनीहरु लाइनमा मिलेर बसेका थिए। बिल्कुल एक कमिलाका झुन्ड झै।
शिक्षकहरुलाई पनि यहाँ सहज भने छैन शिक्षक साहले उनीहरुको स्याहार गर्दै शिक्षा दिंदै थिए। कहिले कपि हेर्न जाँदै थिए त कहिले किताव। उनले शिक्षा ग्रहण गर्न आएका बालबालिकालाई आफ्नै सन्तान झै पढाउँदै थिए। उनको पढाइमा विद्यार्थी पनि लठ्ठ थिए, जस्तै फूलमा माहुरी।
यहाँ पैसाको चटारो उतिकै छ। अनि यस्तो अवस्थामा त गरिब , बिपन्न र आर्थिक अभावबाट गुज्रिरहेका परिवारका बालबच्चालाई शिक्षा दिन उतिकै सकस।
यो सकसलाई केही हदसम्म कम गरिदिएका छन् मनोजले। उनी भन्छन्, 'जति सुकै धन सम्पतिले भरिपुर्ण किन नहोस् तर उसँग शिक्षा छैन भने उसले केही गर्न सक्दैन। शिक्षा छैन भने उसलाई कसरी सम्मान गरेर बोल्नु पर्ने कुराहरु थाहा हुँदैन। आर्थिक अभावका कारण यस्ता बालबालिका पढाइबाट बन्चित नहोस् भनेर पढाउँन सुरु गरेको हुँ।'
हाम्रो टोलीलाई पनि बालबालिकासँग कुरा गर्न मन लाग्यो। तिमीहरु मनोज सर काँहा किन पढ्न आउछौँरु भनेर सोध्दा बच्चाहरु भन्छन्, 'मनोज सरले पैसा पनि लिनु हुन् र हामीलाई माया गरेर रमाईलो गराईगराई पठाउनु हुन्छ। कुट्नु पनि हुन् त्यसैले सरसँग पढ्न मन लाग्छ हामीलाई।'
शिक्षक मनोज यहाँ शिक्षा मात्र दिदैन्। उनी कराते पनि नि:शुल्क सिकाउँछन्। उनले सितोरीयो करातेको तालिम लिएर थ्री डनसम्म सहप्रशिक्षकको रूपमा यस भेगका बालबालिकालाई तालिम पनि दिँदै आएका छन्।
तपाईँले नि:शुल्क शिक्षा दिनु र कराते सिकाउनुको अर्थ के? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, 'आधुनिक युगमा सबै कुरामा आधुनिकता भयो। अनि मसँग कला छ सिप छ। ममा पढाउने क्षमता छ त्यही भए मैले सोचे कि यस्ता बालबालिकालाई हामी जस्तो युवाहरुको खाँचो रहेको छ।'
स्वार्थै स्वार्थले भरेको संसारमा यस्ता निस्वार्थी मानिस कम नै भेटिन्छन् नि:शुल्क शिक्षा र कराते सिकाउने मनोजलाई त्यहाँका स्थानीयले आफ्नै परिवार जस्तै माया गर्ने गरेका छन्।