रहेनन् वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’

 वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ। 

उनको ८६ वर्षको उमेरमा शनिबार दिउँसो २ः५० बजे निधन भएको हाे।

लामो समयदेखि अस्वस्थ रिमाललाई स्मरण शक्ति ह्रास हुने अलजाइमर्सको समस्या थियो।  

उनलाई  निमाेनिया, मृगाैलाकाे समस्या देखिएपछि चिरायु अस्पतालमा राखेर उपचार गरिएको थियाे।

 ४ दिन अस्पताल राखेर घर ल्याएपछि उनको निधन भएको  साहित्यकार विजय उदय पाल्पालीले जानकारी दिए।

वि.सं. १९९२ माघ ३ मा जन्मिएका रिमालले ५०० भन्दा धेरै गीतको रचना गरेका छन्। नारायण गोपालले स्वर दिएको ‘जुन फूल मैले चाहेको थिए’, अरुणा लामाले स्वर दिएको ‘उदास मेरो प्रेम कथा’ लगायत उनका थुप्रै गीत लोकप्रिय छन्।

रिमालको अन्तिम संस्कार पशुपति आर्यघाटमा आज साँझ हुँदैछ।
 

प्रकाशित मिति: : 2021-01-09 16:43:00

प्रतिकृया दिनुहोस्