काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा एक इन्जिनियर दम्पती मृत फेला परेका छन्।
शुक्रबार राति पौने ९ बजे सुदीक्षा गिरी र उमेश केसी मृत फेला परेका हुन्।
उमेशको शव ग्रिन भिलास्थित आफ्नै कोठाभित्र पल्टिरहेको अवस्थामा फेला परेको हो। सुदीक्षा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
घटनास्थलमा सिलौटो फेला परेको र त्यसमा रगत लतपतिएकोको काठमाडौं प्रहरी परिसरका प्रहरी प्रवक्ता डीएसपी प्रमेश विष्टले बताए।
'उमेशको हत्या त्यही सिलौटोले हानेर गरेको हुन सक्ने हाम्राे अनुमान छ। सुदिक्षाले सिलौटाले हिर्काएर उमेशको हत्या गरेपछि आफु झुण्डिएको हुनसक्ने प्रारम्भिक अनुमान छ,' उनले भने।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। पोष्टमार्टमको रिपोर्टपछि घटना केहो भन्ने खुल्ने एसपी बिष्टले बताए।