प्रवीण सिंह
श्रीमती सीता दाहालको उपचारमा मुम्बई पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाराष्ट्रका गर्भनर भगतसिंह खोसियारीसँग भेटका लागि गरेको अनुरोधलाई खोसियारीले अस्विकार गरेका छन्।
प्रचण्ड श्रीमतीको उपचारका लागि छोरी गंगा दाहालसहित सोमबार काठमाडौंको त्रिभुवन विमानस्थलबाट मुम्बई आइपुगेका थिए। श्रीमतीको उपचारका लागि मुम्बई आएपनि पार्टीमा देखिएको राजनीतिक खिचातानीका कारण उनी उच्चस्तरीय भारतीय राजनीतिज्ञसँग भेटघाट र परामर्शमा जुटेका छन्।
मुम्बई पुगेलगत्तै उनले गर्भनर खोसियारीसँग भेट गर्न खोजेका थिए। उच्च श्रोतले बिएल हिन्दी सेवालाई दिएको जानकारी अनुसार खोसीयारीले प्रचण्डलाई तत्काल भेट्न अस्विकार गरेका छन्। उनले टेलिफोन वा भाइवरबाटै आफ्नो कुरा राख्न भनेको श्रोतले जानकारी दियो। महाराष्ट्र के राज्यपाल 'कोश्यारी' द्वारा नेपाल के पूर्व प्रधानमंत्री 'प्रचंंड' से भेट अस्वीकार्य...
प्रचण्डले गर्भनर साहेब (खोसियारी) सँग भेटघाटका लागि समय माग्नु भएको थियो। तर, उहाँले टेलिफोन र भाइवरबाटै आफ्नो कुरा राख्दा भइहाल्छ नि भनेर जवाफ दिनुभयो,’ श्रोतले भन्यो।
खोसियारी सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का उपाध्यक्ष भइसकेका व्यक्ति हुन्। प्रधानमन्त्री केपी ओलीको पहिलो कार्यकालमा नेपाल–भारत सम्बन्ध बिग्रिएपछि दुबै देशका बुद्धिजीवि बसेर गठन भएको प्रबुद्ध वर्गको समूहमा भारतको तर्फबाट खोसियारीले नेतृत्व गरेका थिए।
भारत–नेपाल सम्बन्धलाई पुनर्भाषित र सुमधुर बनाउने उद्देश्यले गठन भएको यो समूहले तयार पारेको रिपोर्टलाई भारत सरकारले अहिलेसम्म स्विकार गरेको छैन। खोसियारी ५ सेप्टेम्बर २०१९ मा महाराष्ट्र र गोवाका लागि गर्भनर नियुक्त भएका थिए।
हाल प्रचण्डको श्रीमती सीता दाहालको उपचार मुम्बईको न्युरोजिन ब्रेन एण्ड स्पाइनल इन्टिच्युटमा भइरहेको छ।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया