संविधान बनाउँदा भएको बहसको ‘टेप रेकर्ड’ सदनमा बजाइयाेस्: रामनारायण बिडारी (भिडियाे)

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय सभा सांसद रामनारायण बिडारीले संविधान बनाउँदा भएको बहसको ‘टेप रेकर्ड’सदनमा बजाउन माग गरेका छन्। कांग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा रहेको संविधान मस्यौदा कार्यदलको बैठकमा भएका कुराकानीको ‘टेप रेकर्ड’ राष्ट्रिय सभामा बजाउन माग गरेका हुन्।

बिहीबार राष्ट्रियसभामा बोल्दै बिडारीले त्यसबाटको गलत को सही भन्ने थाहा हुने दावी गरे।

‘मस्यौदा समितिले १५ सदस्यीय मस्यौदा कार्यदल बनाएको थियो, त्यसको एकजना सदस्य म पनि थिएँ,’ उनले भने, ‘अहिलेको प्रधानमन्त्री केपी शर्मा ओली बारम्बार त्यहाँ आउनुहुन्थ्यो। सुवास नेम्वाङ त्यो बेला संविधानसभा अध्यक्ष हुनुहुन्थ्यो। त्यहाँ भएका कुराको टेप रेकर्डलाई यो सदनमा बजाइयोस् अनि हामीले कति नालायक काम गरेछौं भन्ने कुरा स्पष्ट हुन्छ।’

बिडारीले प्रधानमन्त्रीले संसद विघटन गर्नु असंवैधानिक भएको समेत दावी गरे। प्रधानमन्त्रीको सनकका भरमा प्रतिनिधि सभा विघटन हुन सक्दैन भनेर त्यहाँ जानेसम्मको राम्रो भाषामा संविधानमा लेखिएको उनले बताए।

प्रकाशित मिति: : 2021-01-07 15:12:00

प्रतिकृया दिनुहोस्