हिजो ज्ञानेन्द्र विदा भए, अब ओली हुँदैछन्: मिनेन्द्र रिजाल

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको विदाइ छिट्टै हुने बताएका छन्।

नेकपा (प्रचण्ड) समूहले बानेश्वरमा गरेको अन्तरपार्टी अन्तरक्रियामा नेता रिजालले पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गर्दै प्रधानमन्त्री ओलीको विदा गरिन लागिएको दावी गरेका हुन्। 

‘हिजो ज्ञानेन्द्र विदा भए। अब ओली विदा हुँदैछन्,’ रिजालले भने ,‘संसारका निरङ्कुश शासकहरु टिकेको एतिहास छैन।’

वैशाखमा निर्वाचन गर्नकै निम्ति घोषणा नगरिएको रिजालले बताए। तर, उनी आफूलाई मन नपरेको संविधानको पाङ्ग्रा भत्काउन थालेको 
उनले बताए। ‘उहाँले आफूलाई काम नलाग्ने भएपछि संविधानको पांग्रा भत्काउनुभएको छ। हिजो मन पर्थ्यो कि पर्थेन’, उनले भने।

 उनले बहुमतको प्रधामन्त्रीले पनि संसद् विघटन गर्न नपाउने व्यवस्था गरेको पनि बताए। 

‘संविधान निर्माणका बेला संसद विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई दिन नहुने अडान एमाले र माओवादीले नै लिएको थियो,’ उनले भने,‘दुई वटा कम्युनिस्ट पार्टीकै अडानले प्रधानमन्त्रीलाई केही न केही अधिकार दिनुपर्छ भन्ने कांग्रेस पनि सहमत भएको थियो।’

उनले दुस्ख गरेको बनाएको संविधानमा फुच्चे सत्तावादी ओलीको बल मिचाइबाट मुक्त गर्ने पनि बताए। 

 ‘व्यक्ति मात्रै नभएर केपी ओली एउटा प्रवृत्ति हो। यो प्रवृत्ति सदाका लागि कसरी अन्त्य गर्न सकिन्छ भन्ने कुरा हो। उनको अन्त्य नजिक छ,’ उनले भने। 

प्रकाशित मिति: : 2021-01-06 17:04:00

प्रतिकृया दिनुहोस्