तान्या रोबर्ट्सकाे मृत्यु भएकाे खवर झुट्टाे !

सुपरहिट सिनेमा चार्लिज एन्जल्सकी नायिका तान्या रोबर्ट्सको ६५ वर्षको उमेरमा लस एन्जल्स, अमेरिकामा निधन भएको खवर उनका प्रवक्ता माइक पिङ्गलले अस्वीकार गरेका छन्।

 हलिउड रिपोर्टर डट कमसँग कुरा गर्दै प्रवक्ता पिङ्गलले भने, 'यो झुटो खबर नायिका रोबर्ट्सको पागल प्रेमी लन्स ओब्रायनले फैलाएका हुन्।' 

क्रिसमसको पूर्वसन्ध्यामा आफ्नो कुकुरसँग खेल्ने क्रममा नायिका रोबर्ट्स लडेको र उनको अवस्था भने गम्भीर रहेको प्रवक्ता पिङ्गलले बताए। 

रोबर्ट्स लाइ सन् १९८५ मा रिलिज जेम्स बोन्डको सिनेमा 'अ भ्यु टु ए किल'मा स्टेसी स्टनको चरित्र मा गरेको अभिनयद्वारा पनि स्मरण गरिन्छ।
 

प्रकाशित मिति: : 2021-01-05 20:51:00

प्रतिकृया दिनुहोस्