सुनको मूल्य ११ सयले बढ्याे

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली बजारमा मंगलबार सुनको मूल्य एक हजार एक सयले बढेको छ। 

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९६ हजार ४ सयमा पुगेको छ।

अघिल्लो दिन सुन तोलामा ९५ हजार तीन सय थियो।

यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर १३ सय ३५ रुपैयाँमा कायम भएको छ।

अघिल्लो दिन चाँदी १३ सय २५ रुपैयाँमा कारोबार भएको थियो।


 

प्रकाशित मिति: : 2021-01-05 12:10:00

प्रतिकृया दिनुहोस्