नोलनसँग ‘टेनेट’मा काम गर्नु उत्कृष्ट अनुभब: डेबिकी

हलिउड स्टार एलिजाबेथ डेबिकीले निर्माता क्रिस्टोफर नोलनसँग ‘टेनेट’मा काम गर्नु उत्कृष्ट अनुभब भएको बताएकी छिन्। 

आइएएन एससँग कुरा गर्दै डेबिकीले भनिन्, ‘नोलन एक मेहनती निर्देशक हुन्, उनीसँग काम गर्नु अति राम्रो रह्यो।’  

नोलनद्वारा निर्देशित ‘टेनेट’ हालै रिलिज स्पाइ थ्रिलर सिनेमा हो। रवर्ट पेटिन्सन र जन डेबिड वासिङ्ग्टनद्वारा गोप्य एजेण्टको भूमिका गरेको यो सिनेमामा बलिउड नायिका डिम्पल कपडियाले प्रियाको भूमिकामा अभिनय गरेकी छिन्। 

२४ अगस्ट १९९० को दिन फ्रान्सको पेरिसमा जन्मेकी नायिका डेबिकीले बिडोज, द क्राउन, भिटा एण्ड भर्जिनिया, ब्रेथ, एभरेस्ट जस्ता  सिनेमामा अभिनय गरेकी छिन।

प्रकाशित मिति: : 2021-01-05 11:04:00

प्रतिकृया दिनुहोस्