छोटा राजनलाई दुई वर्ष जेल सजाय

ग्याङ्स्टर छोटा राजनसहित उनका तीन सहयोगीलाई मुम्बईको जिल्ला अदालतले धम्काएर पैसा उठाएको आएको आरोपमा सोमबार दुई वर्षको जेल सजाय सुनाएको छ। 

राजनमाथि सन् २०१५ मा पनवेलस्थित एक बिल्डर नन्दु बाजेकरलाई धम्की दिएर २६ करोड रुपैयाँ असुली गरेको आरोप थियो। 

पुलिसले बिल्डरको कार्यालयमा रहेको सीसीटिभी फुटेजमार्फत यसको पुष्टी गरेको हो। प्रहरीले बिल्डरलाई राजनले फोनबाट धम्की दिएको रेकर्ड पनि निकालेको थियो। 

अन्डरवल्र्ड दाउद इब्राहिमसँग झगडा परेपछि राजनले धेरै अगाडि मुम्बई छोडेका थिए। तर, उनलाई भारतीय जासुसी संस्थाले बिदेशबाट पक्राउ गरेर देश फर्काएको थियो। 

उनको सबै मुद्धालाई सीबीआईमा ट्रान्सफर भएको थियो। छोटा राजन हाल तिहाड जेलमा छन्।
 

प्रकाशित मिति: : 2021-01-04 20:44:00

प्रतिकृया दिनुहोस्