बाँकेमा कोरोना संक्रमणबाट थप एकजना वृद्धको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट थप एकजना वृद्धको मृत्यु भएको छ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा बाँकेको बैजनाथ गाउँपालिका-२ का ७६ वर्षीय वृद्धको सोमबार साँझ ५ बजे मृत्यु भएको हाे। 

स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पतालमा १५ पुसमा उनको पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो।

क्यान्सरका समेत बिरामी रहेका उनी पुस १८ गते अस्पतालमा भर्ना भएका थिए। 
 

प्रकाशित मिति: : 2021-01-04 20:01:00

प्रतिकृया दिनुहोस्