डिशहोमको सिनेमाघरमा हलिउड चलचित्र ‘टार्गेट नं. वान’

बिएल संवाददाता

काठमाडाै‌ं

डिशहोमको सिनेमाघर इन्टरनेसनलमा हलिउड चलचित्र ‘टार्गेट नं. वान’ रिलिज हुने भएको छ।  पुस २१ गते (भोलि) देखि हलिउड चलचित्र रिलिज गर्न लागेको हो।

नेपालमै पहिलोपल्ट हलिउड तथा बलिउडको चलचित्र पे-पर-भ्युमार्फत दर्शकहरुले यो चलचित्र दैनिक ६ शोमा हेर्न सक्नेछन्। जसअनुसार बिहान ७ बजे र १० बजे, दिउँसो १ बजे र ४ बजे तथा बेलुका ७ बजे र १० बजे हेर्ने व्यवस्था मिलाइएको हो।

सिनेमाघर इन्टरनेसनल च्यानलमा भाषा छनोट गरेर पनि चलचित्र हेर्न सकिन्छ। टारगेट नं. वान हिन्दी वा अंग्रेजी दुवै भाषामा हेर्न सकिने बताइएको छ।

ग्राहकले आईभीआर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशनअनुसार डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, टोल फ्रि नम्बरमा फोन गरेर अथवा मोबाइलमा मेसेज टाइप गरेर पनि चलचित्र हेर्न सकिने व्यवस्था मिलाइएको छ। 

प्रकाशित मिति: : 2021-01-04 19:24:00

प्रतिकृया दिनुहोस्