अस्ट्रेलिया उड्नुअघि हाम्रो अन्तिम भेट त्यही एयरपोर्टको कफी हाउसमा भएको थियो।
'तिमी जानै पर्छ र?यही बसे पनि हुन्छ नि!'मैले गाह्रो गरी आफ्ना पीडा पोखेको थिएँ।
'जाने बेलामा तिमी मलाई धेरै इमोस्नल नबनाऊ न' भन्दै ऊ मेरा पीडालाई बेवास्ता गर्दै थिई।
घडीतिर हेर्दै भित्र छिर्न ढिला हुने तर्फ ऊ संकेत गर्दै थिई। म भने एकैछिन पनि ऊ आफ्नो नजरबाट ओझेल नहोस् भन्ने चाहिरहेको थिएँ।
'म जान्छु ल' भन्दै आफ्ना सामान उठाएर ऊ आफू बसेको ठाउँबाट हिँड्न खोजी।
मैले चाहँदाचाहँदै पनि रोक्न सकिनँ।
आफ्ना बुवा,आमा, बहिनी र भाइसँग समेत बिदा माग्दै ऊ विस्तारै बिलाउँदै गई।v