राष्ट्रपति भण्डारीविरुद्ध अशोभनीय नारा लगाउनेविरुद्ध कानूनी कारवाहीमा जाने अनेमसंघको घोषणा

बिएल संवाददाता

काठमाडाै‌ं

अखिल नेपाल महिला संघ (अनेमसंघ) राष्ट्रपति विद्यादेवि भण्डारीविरुद्ध ब्यक्त भएका अराजक अभिव्यक्तिलाई लिएर कानूनी कारवाहीमा जाने भएको छ।

शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै अनेमसंघका सह संयोजक सिता पौडेलले राष्ट्रपति भण्डारीविरुद्ध सडकमा लागेका नारा अशोभनीय मात्रै नभएर महिलाको इज्जतमाथि नै धावा बोलिएको बताइन्।

केही दिन अगाडी नेकपा (प्रचण्ड)का कार्यकर्ताले ‘विद्या तेराे सिन्दूर खै? केपी ओली तेराे पाेई!’ भन्दै नारा लगाएका थिए। 

उनले यस्तो नारा लगाउने ब्यक्तिको पहिचान गरि कानूनी दायरामा ल्याउन गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, सरकारको ध्यानाकर्षण गराउने, साइवर क्राइमको मुद्दा लिएर प्रहरीकहाँ जाने योजना रहेको बताइन्।

पत्रकार सम्मेलनमा अनेसंघका पदाधिकारीहरु गोमा देवकोटा, सुजिता शाक्य, राधा ज्ञवाली लगायतले बोलेका थिए। उक्त पत्रकार सम्मेलनमा अनेमसंघका आगामी कार्यक्रमहरु समेत सार्वजनिक गरिएको छ।

सचिवालय बैठकको निर्णयानुसार अनेमसंघले यही माघ ३ र ४ गते केन्द्रिय समिति बैठक आयोजना गर्नेछ। तथा माताहतका समितिहरुलाई बिस्तार गरि परिचालन गरिने छ।

प्रकाशित मिति: : 2021-01-01 16:36:00

प्रतिकृया दिनुहोस्