वाग्मती प्रदेशको प्रदेशसभा बैठक माघ ७ गते बस्ने

वाग्मती प्रदेशको प्रदेशसभा बैठक माघ ७ गते बस्ने भएको छ। 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको सातौं अधिवेशन माघ ७ गते दिउँसो ३ बजेका लागि बोलाइएकाे हाे।  

बजेट अधिवेशन सकिएसँगै साउन ८ गते प्रदेशसभाको छैटौं अधिवेशन स्थगित गरिएको थियो।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफ्नै दल नेकपा (प्रचण्ड)बाट प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेशसभाको सातौं अधिवेशनको विषय अन्योलमा परेको थियो। 

प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पौडेलविरुद्ध ४५ जना सांसदहरुले पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। 

कानुनी व्यवस्थाअनुसार एउटा अधिवेशन सकिएको ६ महिनाभित्र अर्को अधिवेशन सुरु गर्नुपर्ने बाध्यताअनुसार बैठक बोलाइएको प्रदेश प्रमुख विष्णु प्रसाईंलाई पत्राचार गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए।

प्रकाशित मिति: : 2021-01-01 13:06:00

प्रतिकृया दिनुहोस्