भारतीय बजारमा नेपाली नागरिकमाथि खुकुरी प्रहार

Breaknlinks
Breaknlinks

किनमेलका लागि नेपाल–भारत सीमामा पर्ने भारतीय बजार जाने नेपाली नागरिकमाथि आक्रमण हुन थालेको छ। 

गएराति सिरहाको माडर क्षेत्रमा पर्ने भारतीय बजारमा गोलबजार नगरपालिका–३ का सलाउद्धीनमाथि खुकुरी प्रहार भएको छ। किनमेलका लागि जयनगर गएका सलाउद्धिनलाई फर्कने क्रममा तीन मुहानेमा खुकुरी प्रहार भएको हो।

तीन मुहाने लागुपदार्थ दुर्ब्यसनीको अखडा भएको प्रहरीको भनाई छ।

‘रगताम्मे अवस्थामा भारततिरबाट सलाउद्धिन दौडदै आएको सिरहा–१७ माडरका स्थानीयले प्रहरीलाई खबर गरे’, सशस्त्र प्रहरी बल, नेपाल नं–७ गण हेक्वा सिरहाका गणपती सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र गिरीले बिएल नेपाली सेबालाई बताए। 

स्थानीयको जानकारीपछि सशस्त्र प्रहरी बल बिओपी माडरका प्रहरी निरीक्षक अर्जुन कुँवरको टोली र ईलाका प्रहरी कार्यालय माडरका मोबाइल टोलीले संयुक्त रूपमा उद्दारगरि घाइते सलाउद्धिनलाई सिरहा जिल्ला अस्पताल पुर्याएको थियो। प्रहरीका अनुसार घटना राती ९ बजेको हो।

घाइते सलाउद्धिनको अवस्था बुझ्न सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेँल स्वयम् अस्पताल पुगेका थिए। 

सिरहा अस्पतालबाट थप उपचारका लागि गोलबजारस्थित भुमिजा अस्पताल पुर्याइएका सलाउद्धिनलाई त्यहाँबाट पनि थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान लगिएको बताइएको छ।
 

प्रकाशित मिति: : 2020-12-30 15:24:00

प्रतिकृया दिनुहोस्