नेकपा (प्रचण्ड) वाग्मती प्रदेशको संसदीय दलको नेतामा शाक्य चयन

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड)ले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ।

बुधबार काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो।

यसअघि नेकपा (प्रचण्ड)ले वाग्मती प्रदेशसभामा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेकाे थियाे।

प्रकाशित मिति: : 2020-12-30 14:23:00

प्रतिकृया दिनुहोस्