पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३२४, भक्तपुरमा २२ र ललितपुरमा ५२ जना कोरोना संक्रमित थपिएका छन्।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ।
मन्त्रालयका अनुसार देशभर २२८ जना संक्रमितको आईसियुमा र ४० जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ४० पुगेको छ।