शनिबार, १२ जुलाई २०२५

बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

बुटवल
2020-12-29 14:48:00
News Image
• • •

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा कपिलवस्तुको वाणगंगा ७ की ५२ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

पुस २ गते कोरोना संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी अस्पतालमा भर्ना भएकी थिइन् ।

उनको बिहान ५ः३४ बजे मृत्यु भएको हो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?