शनिबार, १२ जुलाई २०२५

पार पाचुके भएको झुटो खबर लेख्ने अनलाइनविरुद्ध उजुरी गर्दै नायिका स्पेलिङ्ग

News Image
• • •

नायिका टोरी स्पेलिङ्ग र उनका पति डीन मैकडर्मोटको पार पाचुके भएको झुटो खबर सार्वजनिक भएपछि स्पेलिङ्ग दम्पति तनावग्रस्त भएका छन्।

ओके म्यागजिनका अनुसार केही अनलाइन साइटहरुले नायिका स्पेलिङ्गका बच्चाहरुको फोटो प्रकाशित गर्दै त्यसको क्याप्सनमा ‘अब यी टुहुरा भए’ भनेर लेखेका थिए।

यस्तो गैरजिम्मेवार गतिविधिले आफ्ना सानासाना बच्चाहरुलाई गम्भीर मानसिक असर परेको बताउने नायिका स्पेलिङ्ग ती अनलाइन साइटविरुद्ध कानुनी कारबाही गर्ने तयारी गरेकी छिन्। 

१६ मे १९७३ को दिन लस एञ्जलस, क्यालिफोर्नियामा जन्मेकी नायिका स्प्लेलिङ्गद्वारा अभिनित केही सिनेमा हरु मध्य अ क्यारोल क्रिसमस, फेमेली प्लान, ट्रिक, किस द ब्राइड, द हेल्प, अवेक टु मर्डर आदि छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?