२१ वर्षकी आर्या एस राजेन्द्रन बनिन् भारतकै कान्छी मेयर

२१ वर्षकी विद्यार्थी आर्या एस राजेन्द्रन भारतकै कान्छी मेयर बन्न सफल भएकी छिन्।

हालै सम्पन्न नगर निगम निर्वाचनमा भारतीय कम्युनिस्ट पार्टी ‘मार्क्सवादी’ भाकपाबाट विजयी भएकी आर्या भारतको केरला राज्यको तिरुवनन्तपुरमको मेयर बनेकी हुन्। 

आर्याले २८ सय ७२ भोट ल्याएकी थिइन्। उनकाे भाेट प्रतिस्पर्धी कांग्रेस उम्मेदवारभन्दा ५४९ बढी हाे।

उनी तिरुवनन्तपुरमको अल सेन्ट्स कलेजमा बीएससी म्याथ्सको दोस्रो वर्षमा अध्ययनरत छिन्। 

Comrade Arya Rajendran is sworn in as the Mayor of Thiruvananthapuram Corporation. With this, Comrade Arya became the youngest mayor in the history of India

A proud moment for Kerala & Especially for CPIM pic.twitter.com/HTfzPYAZyk

— 𝙱𝚁𝚄𝚃𝚄 (@BrutuTweets) December 28, 2020

आर्य सीपीएमको एक लोकप्रिय सदस्य हुन्। प्रारम्भमा परिचालकडा वडाको पार्षद र वरिष्ठ नेता जमिला श्रीधरनलाई मेयर बनाउने कुरा भइरहेको थियो तर अन्ततः पार्टीले युवाहरुलाई यस पदमा राख्नुपर्ने निर्णय गरेकाे थियाे।

आर्या  तिरुवनंतपुरम नगरपालिका चुनावमा मुडावंमुगल वार्डबाट काउन्सिलरमा निर्वाचित भएकी छन्। 

आर्याले पार्टीले जुनसुकै भूमिका दिए पनि आफू तयार रहेको बताएकी छन् । आफूले मेयरको जिम्मेवारी पाए महिलाको मुद्धा पहिलो प्राथमिकता हुने त्यसपछि विकाससँग सम्बन्धित हुने बताएकी छन् ।

प्रकाशित मिति: : 2020-12-28 14:53:00

प्रतिकृया दिनुहोस्