‘प्रधानमन्त्री ओलीले राजा ल्याउन बेर छैन’

आयोमेल

 झापा 

राजेन्द्र गाैतम

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावनाविपरीत संसद विघटन गरी भकाभक मन्त्रिपरिषद विस्तार गरेपछि उनकै पार्टी नेकपा लगभग विभाजित भएको छ। त्यतिमात्र नभई नेकपाका शीर्ष नेताहरू नै ओलीविरुद्ध उत्रिएका छन्। त्यसमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ओलीको ‘प्रतिगमन’ विरुद्ध देशव्यापी विरोधका कार्यक्रम सुरु गरिसकेको छ। प्रधानमन्त्री ओलीले चालेको कदम, कांग्रेसले थालेको कदम, सडक संघर्ष र  विरोध प्रदर्शनमा केन्द्रित रहेर ओलीको गृहजिल्ला झापाका कांग्रेस सभापति उद्धव थापासँग आयोमेलकर्मी राजेन्द्र गौतमले गरेको कुराकानी :

प्रधानमन्त्रीले मुलुकलाई संवैधानिक संकटमा जबर्जस्ती धकेलेको घटनालाई कसरी हेर्नुभएको छ? 

अहिले विश्वको नजर नेपालतर्फ तानिएको छ। संविधानको धज्जी उडाउँदै त्यहाँ भएको व्यवस्था मिचेर प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीले गर्नुभएको छ, यो असंवैधानिक र अलोकतान्त्रिक छ।

यसको विरुद्धमा अहिले सडकमा कांग्रेस ओर्लिएको छ। प्रधानमन्त्री ओलीले जुन कदम चाल्नुभएको छ, यसले संविधान ध्वस्त बनाएको छ।  निर्वाचनका नाममा निर्वाचन अधिनायकवाद स्थापना गर्ने जुन सोच, उद्देश्य र लक्ष्य राखेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभएको छ, त्यसको नेपाली कांग्रेसले सशक्त प्रतिकार गर्छ।

त्यहीअनुसार आन्दोलनका कार्यक्रम तय भइसकेको छ। आजबाट देशभरि यो असंवैधानिक कामको विरोध सुरु भइसकेको छ। 

प्रकाशित मिति: : 2020-12-28 14:34:00

प्रतिकृया दिनुहोस्