स्वरोजगार बन्न चाहने शिक्षित युवा ६८ जना मात्रै हुन् ?

अनलाइनखबर

काठमाडौँ

रोयल आचार्य

सप्तरी राजविराजका २५ वर्षीय रवीन्द्र साहले एक महिनाअघि एभरेस्ट बैंकबाट ६ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँ सहुलियत ऋण लिए ।

सो ऋणबाट उनले गाउँमै कृषि व्यवसाय सुरु गरिसकेका छन् । सस्तो ब्याजदरमा पाएको ऋणबाट सुरु गरिएको व्यवसायबाट राम्रै आम्दानी हुनेमा उनी उत्साहित छन् । ‘बैङ्कले मलाई पत्यायो, त्यसमै खुसी लागेको छ, सस्तोमा पाएँ भन्दैमा यसको म दुरुपयोग गर्दिनँ,’ उनले भने ।

सहुलियत ऋण माग गर्दै उनी धेरै पटक बैंक धाए, निकै सास्ती खेपे । निकै कष्टपछि ऋण पाउँदा उनलाई युद्ध नै जितेजस्तै भएको छ ।

सहुलियत ऋणका लागि उनी दुई वर्ष अघिदेखि बैङ्कमा धाएकोधायै थिए । ऋणका लागि आवेदन दिएको उनको फाइल अझै राष्ट्रिय वाणिज्य बैङ्कमा थन्किरहेको छ ।

रवीन्द्रजस्ता अन्य धेरै युवा सहुलियत कर्जा लिएर व्यवसाय सुरु गर्न चाहन्छन् तर प्रक्रिया यति कठिन र झन्झटिलो छ कि उनीहरू पहिला नै निरुत्साहित हुन्छन् । अनि धेरैलाई प्रक्रियाको बारेमा पनि पूरा जानकारी छैन, अपूर्ण कागजात पेस गर्छन् र दुःख पाउँछन् ।

पछिल्लो समय राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जामा निकै लगानी गरेको छ । धेरै सहुलियत कर्जा लगानी गर्नेमा राष्ट्रिय वाणिज्य बैङ्क अग्रणी स्थानमा छ ।

निजी क्षेत्रका बैङ्कहरूले झनै सास्ती दिने गरेको सेवाग्राहीको गुनासो छ । कतिपय बैङ्कले ऋण नपाइला भनेर बैङ्कसम्म पुग्नै डराउँछन् ।

प्रकाशित मिति: : 2020-12-28 12:17:00

प्रतिकृया दिनुहोस्