सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका ६, निवासी ८२ वर्षीया महिलाको आइतबार बिहान ८ः४२ बजे बजे मृत्यु भएको हो।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार ज्वरो र सास फेर्नमा कठिनाई भएपछि ती महिलालाई पुस १० गते राति प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।
उनको सोही दिन नै प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतबाट जिन एक्सपर्ट विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यसलगत्तै उनलाई प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो।