नेपाललगायतका मुलुकहरुबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक

जापानले नेपाललगायतका मुलुकहरुबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाएकाे छ। 

जापानको विदेशमन्त्रालयका अनुसार जापानमा कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी प्रवेशमा रोक लगाइएकाे रहेछ। 

शनिबार जापानको टोकियोमा कोरोनाको नयाँ भेरियन्टका दुई संक्रमित फेला परेका थिए । उनीहरु बेलायत भ्रमणबाट फर्किएका थिए । यसअघि शुक्रबार पनि बेलायतबाट आएका पाँच जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको थियो ।

त्यसैले जनवरीको अन्तिमसम्म कायम रहनेगरि यो प्रतिबन्ध लगाइएकाे हाे। 

तर जापानी नागरिक तथा जपानमा बसोबास गर्ने विदेशीहरुले भने जापानमा आउन पाउनेछन् । उनीहरुले १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: : 2020-12-27 12:32:00

प्रतिकृया दिनुहोस्