बल्खुमा रहेको मदन भण्डारीको शालिकमा तीन कमरेडको ‘अभिवादन’

पहिलोपोष्ट

काठमाडाैं

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सकिएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका साथै वरिष्ठ नेता झलनाथ खनाल बल्खु पुगे। तत्कालिन नेकपा (एमाले) को पार्टी कार्यालय रहेको स्थानमा पुगेर नेताहरुले मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै ‘अभिभावन’ गरे।

केन्द्रीय कमिटी बैठकबाट वर्तमान अवस्थामा कम्युनिष्ट एकताको ऐतिहासिक आवश्यता रहेको ठहर गर्दै नेताहरु सच्चा कम्युनिष्टहरुको एकता आवश्यक छ भन्ने सन्देश दिन बल्खु पुगेको पार्टी अध्यक्ष प्रचण्डले बताए।

'सच्चा कम्युनिष्टबीच एकता'

प्रचण्डले लोकतन्त्र र गणतन्त्र विरुद्धको षडयन्त्रको रुपमा असंवैधानिक तरिकाले संसद विघटन गरिएकोले त्यस विरुद्ध कम्युनिष्ट एकता आवश्यक रहेको बताए। उनले अहिले सम्म कम्युनिष्टहरुले प्राप्त गरेका उपलब्धिका विरुद्धको षडयन्त्रको रुपमा संसद विघटन गरिएको भन्दै उनले त्यसलाई सफल हुन नदिने बताए।

प्रकाशित मिति: : 2020-12-24 21:29:00

प्रतिकृया दिनुहोस्