लुम्बिनी प्रदेशका कानूनमन्त्रीसहित पाँच जनाले छाडे बादलको साथ


गृहमन्त्री रामबहादुर थापाले नेकपा -ओली_ रोज्दा लुम्बनी प्रदेशमा उनी निकट आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीसहित पाँच जनाले उनको साथ छोडेका छन्। 

लुम्बिनीमा उनी निकट करिब आधा दर्जन सांसद थिए। तीमध्ये रुकुमपूर्वबाट प्रतिनिधित्व गर्ने पूर्णबहादुर घर्ती सभामुख छन्। 

गृहमन्त्री थापा औपचारिक रुपमा ओली पक्षीय केन्द्रीय समितिको बैठकमा सहभागी भएपछि उनी निकट सबै प्रदेश सांसद र मन्त्रीले साथ छोडेका हुन् । 

उनी निकट एक सदस्यका अनुसार इन्द्र प्रसाद खरेल‐ बाँके), खरेल नेकपा बाँकेका अध्यक्ष हुन्। इन्द्रजित थारु ‐दाङ),दामा कुमारी शर्मा ‐दाङ), सामाजिक विकास मन्त्री समेत रहेका  सुर्शदन बराल ‐गुल्मी)ले पनि साथ छोडेका हुन् । 

उनीहरु सबै प्रचण्ड नेपाल पक्षमा गएको ती सदस्यले बताए । पूर्व माओवादीको तर्फबाट सांसद बनेका उनीहरुले नेकपा विभाजनतर्फ उन्मुख भइरहेका बेला बादलको साथ छोडेका हुन् । 

लुम्बिनी प्रदेशका सांसदसमेत रहेका ती सदस्यले नाम उल्लेख नगर्ने शर्तमा बिएल नेपाली सेवालाई भने ,‘बादलले निर्णायक समयमा ओलीलाई साथ दिएपछि हामीले उनको साथ छाडेका छौं। अब हाम्रो अर्को समूहमा जान्छौं।’ 

ती सदस्यका अनुसार आफूले कानूनमन्त्रीले केसीले आफूले गृहमन्त्रीसँग धेरै कुरा गरेपनि नमानेको बताएका थिए।

 ‘हामीले उहाँलाई सम्झाएका थियौं। उहाँले मान्नु भएन। मैले धेरै पटक फोन पनि गरेको हो । तर सकिएन । अब अर्कोबाट जाने त होला,’ केसीको भनाई उद्धत गर्दै उनले भने । 

यता प्रचण्ड नेपाल पक्षमा खुलेर लागेका विष्णु पन्थीले बादल पक्ष सबै  आफूहरुको समूहमा आएको बताए । 

उनका अनुसार केन्द्रमा बादलले ओलीलाई रोजेपनि प्रदेशमा सबैले प्रचण्ड नेपाल पक्षलाई रोजेका हुन् ।  

सांसद पन्थीले  प्रदेशमा ओली र प्रचण्ड नेपाल पक्ष लगभग बराबर संख्यामा रहेको बताए। अहिले लुम्बिनी प्रदेशमा नेकपाका ६० संदस्य छन्।
 

प्रकाशित मिति: : 2020-12-24 17:05:00

प्रतिकृया दिनुहोस्