पर्सामा मानवअधिकार उल्लंघन सम्बन्धि घटना बढेको छ।
गोष्टीमा सन २०२० को जनवरी देखि डिसेम्बर सम्ममा ३८ वटा बलात्कार, ३ बटा बलात्कार प्रयास, २वटा अप्राकृतिक मैथुन ,६ वटा बाल यौन दुव्र्यवहार, १२ वटा कर्तव्य ज्यान, १ वटा बोक्सी आरोप, ४ वटा राज्यबाट दुव्र्यवहार,१ वटा मानव बेचबिखन,१ वटा बहुविवाह गरी जम्मा ६८ वटा घटना भएको ईन्सेकका प्रतिनिधि केसी लामिछानेले बताए।
गोष्टिलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा राज्यको निकायलाई जिम्मेवार बनाउने वातावरण निर्माणमा लाग्नुपर्ने र त्यसमा संचारकर्मीले गाउँ बस्तीका अपराधजन्य घटनालाई उजागर गर्नु पर्ने बताए।