नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन २०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म गर्ने प्रस्ताव राखेका छन्।
बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा उनले उक्त प्रस्ताव राखेका हुन्।
बैठकले अध्यक्ष ओलीको प्रस्ताव अनुमोदन गरेको केन्द्रीय सदस्य माधव ढंगेलले जानकारी दिए।