फेडो पाल्पाकी अध्यक्ष शान्तिको कष्टकर जीवन : भत्किएको छाप्रोमा बास, दुइछाक टार्नसमेत धौधौ

थाहा खबर

काठमाडाैं

पाल्पा : प्रायः संस्था हाँक्ने मानिसहरू जिल्लाको सदरमुकामका बजारमा ठूला ठूला महल ठड्याएर बसेका हुन्छन्।

घर नबनाएकाहरूले पनि कोठा भाडामा लिएर आवश्यक सुविधाको उपभोग गरेर बसेको पाइन्छ। अझै बढी गैरसरकारी संघ संस्थाको नेतृत्वदायी भूमिकामा रहेर काम गरेकाहरूको जीवनयापनको शैली उच्चस्तरको पाइन्छ। गैरसरकारी संस्थामा मेहनत बढी गर्नुपर्छ। सेवा सुविधा पनि राम्रो नै हुन्छ। उनीहरूले दावी गरेको सुनिन्छ।

दलित महिला संघ (फेडो) पनि एक गैह्रसरकारी संस्था हो। प्रधान कार्यालय काठमाडाैंमा रहेको यस संस्थाले देशका विभिन्न जिल्लामा करोडौंका कार्यक्रम सञ्चालन गर्दै आएको छ। सदियौंदेखि पछाडि पारिएका दलित समुदाय।

त्यही समुदायभित्रका अति विपन्न, निरक्षर, कुनै पनि सीप नजानेका महिलालाई लक्षित गरेर संघले कार्यक्रम सञ्चालन गर्दै आएको छ। संघले चेतनामूलकदेखि सीपमूलक तालिम र व्यवसाय गर्न चाहेका महिलालाई आर्थिक तथा भौतिक सहयोग गर्दछ। यिनै कार्यक्रमको नेतृत्व गर्छिन् तानसेन नगरपालिका ६ भोटेचौपारीकी ४२ वर्षीय शान्ति गहतराजले। उनी दलित महिला संघ (फेडो) पाल्पाकी अध्यक्ष हुन्।

२०५९ सालदेखि उनी सामाजिक संघ संस्थामा आवद्ध भएर काम गर्दै आएकी छिन्।  फेडो पाल्पाको उपाध्यक्ष भएर ८ वर्ष कार्यभार सम्हालेकी उनी हाल अध्यक्षको जिम्मेवारीमा छन्। यसअघि उत्पीडित उत्थान विकास केन्द्रको सदस्य, भूमिअधिकार मञ्च पाल्पाको उपाध्यक्ष लगायत अन्य सामाजिक संस्थामा समेत पाएको जिम्मेवारी इमान्दारपूर्वक पूरा गरिसकेकी छन्। 

यिनै शान्तिको आफ्नै जमिनमा बनेको घर छैन्। बजारमा कोठा भाडामा लिएर पनि बसेकी छैनन्। अरूको बारीमा सानो छाप्रो बनाएर गाउँमा बस्दै आएकी छिन्। सानै उमेरमा आमा गुमाएकी उनलाई जीवनमा दुखका तगाराले छेकिरह्यो। राम्रोसँग पढ्नसमेत पाइनन्। २०६१ सालमा परिवारलाई साहारा दिने उनका दाइ लिलाबहादुरको दुर्घटनामा परेर मृत्यु भयो। त्यही दिनदेखि शान्तिलाई झन दुःखका पहाडले थिच्यो। दाइको मृत्यु भएको एक वर्ष पछि बस्दै आएको लामिडाँडास्थित घर पनि वर्षाले भत्कियो। 

प्रकाशित मिति: : 2020-12-21 09:37:00

प्रतिकृया दिनुहोस्