सेफ सन्तोष साह बीबीसी मास्टरसेफ यूकेको उत्कृष्ट तीनमै सीमित भएका छन्।
तर उनले उपाधि नजितेपनि फाइनलसम्मको यात्रा तय गरेर नेपाली खानालाई विश्वसामु पस्किन पाएकोमा खुशी लागेको बताएका छन्।
उनले हरेक चरणमा नेपाली परिकार पस्किएरका थिए। तर फाइनलमा आफूले सोचे जस्तो गर्न नसकेको उनले बताएका छन्।
बेलायतका २५ वर्षीय एलेक्स वेब सो प्रतिस्पर्धाको विजेता घोषित भए।
बिहीबार राति बीबीसी वान टेलिभिजनमा प्रशारित भएको फाइनलमा सन्तोष र बार्ट भान डेर लीलाई पछि पारेर एलेक्सले उपाधि जितेका हुन्।