एमसीसी श्रीलंकाबाट पनि फिर्ता

बिएल संवाददाता

काठमाडाै‌ं

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाबाट फिर्ता भएको छ।

श्रीलंकामा एससीसीले ४८ करोड अमेरिकी डलर अनुदान दिने जनाएको थियो। 

तर,  एमसीसी विरोधी वर्गले श्रीलंकाको सार्वभौमिकता खुम्च्याउने तर्क गरेको थियो। 

परियोजना विवादमा परेको परेपछि वासिङ्टनमा मंगलबार भएको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो।

एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलंकालाई पाँचवर्षे कार्यक्रमअन्तर्गत ४८ करोड अमेरिकी डलर दिने जनाएको थियो।

उक्त रकम  यातायात पूर्वाधार स्तरोन्नति र भूमी सुधार गर्नमा खर्चिने जनाइएको थियो।

परियोजना सन् २०१६ मै छनोट भएको थियो। श्रीलंकाली सरकार एमसीसीका पक्षमा थियो भने सन् २०१९ मा सत्तामा पुगेका गोताबाया राजापाक्षे भने थिए विपक्षमा। त्यस विषयमा विस्तृत अध्ययन गर्न उनले स्वतन्त्र कार्यदल बनाएका थिए।

कार्यदलले गत जनवरीमा सम्झौता अस्वीकार गर्न सिफारिस गरेको थियो। श्रीलंकाली सरकारले हस्ताक्षर नगरेपछि परियोजना अगाडि बढ्न सकेको थिएन।

अक्टोबर अन्तिम साता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले श्रीलंका भ्रमण गर्दा एमसिसीबारे श्रीलंकाली अधिकारीसँग छलफल गरेका थिए। 

 

प्रकाशित मिति: : 2020-12-17 07:30:00

प्रतिकृया दिनुहोस्