२५ सय गाँजाको बोट फँडानी

पर्सामा अबैधरुपमा गरिएको गाँजा खेतीलाई प्रहरीले नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटेको प्रहरीको टोलीले आठ कट्ठा १५ धुरमा लगाइएको गाँजा खेती नष्ट गरेको हो।

इलाका प्रहरी कार्यलय पटेर्वासुगौलीका अनुसार सखुवाप्रसौनी गाउँपालिका २ जमुनियामा तीन कट्ठा, वडा नम्बर १ औराहामा ५ कट्ठा ७ धुरमा लगाइएको गाँजा फँडानी गरिएको छ। 

यसैगरी पर्सागढी नगरपालिका ९ मा ७ धुर गरी जम्मा आठ कट्ठा १५ धुरमा लगाइएको गाँजा खेतीलाई नष्ट गरेको प्रहरीले जानाएको छ। 

प्रहरीका अनुसार २ हजार ५ सय जती गाँजाको बोट फँडानी गरिएको हो।

प्रकाशित मिति: : 2020-12-16 12:17:00

प्रतिकृया दिनुहोस्