बुधबार, ०६ अगस्ट २०२५

पर्वत कारागारमा थुनामा रहेका विप्लवका एक नेताको मृत्यु

News Image
• • •

पर्वत कारागारमा थुनामा रहेका विप्लव नेतृत्वको नेकपाका एक नेताको उच्च रक्तचापको कारण मृत्यु भएको छ।

म्याग्दीको मालिका गाउँपालिका ३ घर भएका ५८ वर्षीय जगेन्द्र पुन (जगत)को मृत्यु भएको कारागार प्रशासनले जनाएको छ। 

बेहोस भई ढलेका पुनको सोमबार पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो।

पुनलाई २०७६ फागुन ९ गते घरबाटै पक्राउ गरेर अभद्र ब्यवहार सम्बन्धी मुद्दा चलाइएको थियो। 

त्यसपछि गौहत्या सम्बन्धी अर्को मुद्दासमेत उनीमाथि लगाइएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!