
हलिउडका सुपरस्टार जर्ज क्लुनी निर्देशकको रुपमा ‘साइन्स फिक्सन’मा आधरित सिनेमा ‘द मिड्नाइट स्काई’मार्फत् दर्शकबीच आउने भएका छन्।
पटकथाकार मार्क एल स्मिथका अनुसार यो सिनेमा लिली ब्रूक्स–डाल्टनको उपन्यास ‘गुड मर्निङ्ग मिड्नाइट’मा आधारित छ।
कोरोना महामारीको सङ्कटसँग मिल्दोजुल्दो यो सिनेमाको निर्देशन पनि क्लुनीले गरेका हुन्।
फेलिसिटी जोन्स, डेविड ओयेलोवो, टिफनी बून, डेमियन बिचिर और काइल चान्डलरले पनि अभिनय गरेको यो सिनेमामा क्लुनीले एउटा वैज्ञानिकको चरित्रमा अभिनय गरेका छन्।
आगामी २३ डिसेम्बरमा नेटफ्लिक्समा रिलिज हुने यो सिनेमा प्रदर्शन पूर्व नै सुपर हिट भइसकेको अर्थात् सम्पूर्ण लगानी उठाइ सकेको छ।
६ मे १९६१ को दिन लेक्जिङ्ग्टन, केन्टकीमा जन्मेका नायक क्लुनी बिशेषत ‘साइन्स फिक्सन’मा आधारित सिनेमाको लागि परिचित छन्।
उनले अभिनय गरेका अन्य सिनेमा हरुमा ओसन्स इलेभन, द अमेरिकन, आउट अफ साइट, द मिडनाइट स्काई, सिरियाना आदि छन्।
१ .
२ .
३ .
४ .
५ .