कोरोनाका कारण न्युजिल्याण्डमा अन्तर्राष्ट्रिय कैदीलाई देशबाहिर पठाउन समस्या

बिएल संवाददाता

क्राइसचर्च
Photo: FAIRFAX NZ
Photo: FAIRFAX NZ

न्युजिल्याण्डमा कोरोनाका कारण विदेशी कैदीमाथि समस्या बढेको छ।

सजाय भुक्तान गरिसकेका कैदीलाई उनीहरूको देशमा पठाउन सरकारलाई गाह्रो परिरहेको छ। हवाई आवागमन थोरै मात्रामा हुँदा यो समस्या आएको हो। 

सरकारले हालै सार्वजनिक गरेको एउटा तथ्यांकमा ८ डिसेम्बरसम्म १५ देशको कैदी छुटेका छन्।

गत मार्चमा एयर न्युजिल्याण्डको अन्तर्राष्ट्रिय हवाई उडानमा ९५ प्रतिशतले कमि देखिएको थियो। 

उड्डयन मन्त्री क्रिस फाफोईले हालै दिएको एउटा अन्तर्वार्तामा सजाय भुक्तान गरिसकेका कैदीलाई कसरी उनीहरूको देश पठाउने भन्ने कुरामा सरसल्लाह भइरहेको बताएका छन्।

न्युजिल्याण्डमा हालसम्म २०९६ जना संक्रमित भएका छन् भने यहाँ २५ जनाको निधन भइसकेको छ। 

कोरोनाबिरूद्धको अभियानमा न्युजिल्याण्ड सरकारले निकै राम्रो काम गरेको थियो।

यसको विश्व स्वास्थ्य संगठनले पनि खुलेर प्रसंसा गरिसकेको छ।

प्रकाशित मिति: : 2020-12-15 12:52:00

प्रतिकृया दिनुहोस्