बहराइनमा चीनको खोपलाई स्वीकृति

Photo: [Reuters]
Photo: [Reuters]

खाडी मुलुक बहराइनले चीनको फार्मा कम्पनी सिनोफार्मको खोपलाई स्वीकृति प्रदान गरेको छ। 

कोरोनाबिरूद्ध चीनले तयार पारेको खोप लगाउन बहराइन सरकारले अनलाइन रजिस्ट्रेशनको काम पनि सुरु गरिसकेको छ। 

बहराइनले १८ वर्षभन्दा माथिको उमेर समूहका मानिसलाई निःशुल्क खोप लगाउने बताइसकेको छ। 

सिनोफार्मको खोपको तेस्रो चरणको परीक्षण यसअघि इजिप्ट, बहराइन र जोर्डनमा भइरहेको थियो। 

बहराइनमा अहिलेसम्म ८९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। जसमा ३ सय ५० को हाराहारीमा मानिसको निधन भएको छ।

प्रकाशित मिति: : 2020-12-15 08:52:00

प्रतिकृया दिनुहोस्