नेपाली कामदारको बाक्लो उपस्थिति भएको मलेसियामा खोप खरिदका लागि प्रधानमन्त्रीको आदेश

बिएल संवाददाता

क्वालालम्पुर
Photo: [theedgemarkets.com]
Photo: [theedgemarkets.com]

नेपाली कामदारहरूको बाक्लो उपस्थिति रहेको मलेसियामा ७० प्रतिशत जनसंख्यालाई पुग्ने गरि खोप खरिद गर्न प्रधानमन्त्री मोहिदिन यासिनले आदेश दिएका छन्। 

यासिनले स्थानीय मिडियालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘मैले स्वास्थ्य तथा विज्ञान मन्त्रालयलाई देशमा धेरैभन्दा धेरै खोप भित्र्याउन खोप निर्माता कम्पनीसँग कुराकानी गर्न भनेको छु।’ 

मलेसियाले पहिले नै जनसंख्याको ३० प्रतिशतभन्दा बढी मानिसलाई पुग्ने गरि खोपको अर्डर दिइसकेको छ। फाइजर खोपको १ करोड २८ लाख डोजका लागि सरकारले सम्झौंता पत्रमा हस्ताक्षर पनि गरिसकेको छ। 

सरकार एस्ट्रेजेनेकाको खोप खरिद गर्ने विषयमा पनि काम गरिरहेको छ। पछिल्लो २४ घण्टामा मलेसियामा पनि १२ सय २९ जना संक्रमित देखिएका थिए। 

अहिले मलेसियामा कूल ८३ हजार संक्रमित भेटिएका छन्।
 

प्रकाशित मिति: : 2020-12-15 08:41:00

प्रतिकृया दिनुहोस्