सरकारलाई उखु किसानको प्रश्न– अब साहुलाई खेत बुझाएर हामी सडकमा बास बस्नुपर्ने हो ?

लोकान्तर

काठमाडौँ

गगन अर्याल

उखु  बेचेर घर खर्च चलाउने र आफ्ना ५ सन्तान तथा २ भाइलाई शिक्षादिक्षा दिलाउने आशमा ३ वर्ष अगाडि सर्लाही गोडैटा नगरपालिका– ११ शिशोरीका रामकल्याण महतोले साहुसँग ३६ प्रतिशत ब्याजमा १ लाख ऋण लिएर ३ बिगाहा जग्गामा उखु लगाए । 

महतोले त्यो बेला ल्याएको ऋण अहिलेसम्म तिर्न सकेका छैनन् । साहुले त्यसमा ब्याज जोडेर ४ लाख पुर्‍याएका छन् ।

त्यो बेलामा १ वर्षमा उखु बेचेर तिर्ने वाचामा ऋण लिएका थिए, तर ३ वर्ष पुग्दा पनि चिनी मिलले पैसा नदिँदा ब्याजको स्याज, स्याजको पनि ब्याज गरेर साहुले ४ लाख पुर्‍याएको महतोले दुखेसो पोखे ।

‘उखु  बेचेर आफ्ना बालबच्चा पाल्छु भनेर उखु  लगाउन ल्याएको १ लाख ऋण अहिले ४ लाख पुग्यो, अब हामीले कसरी ऋण तिर्ने ?’ महतोले आफ्नो दुखेसो पोख्दै भने, ‘अब त सरकारले पनि नहेरे जग्गा बेचेर तिर्ने बेला आयो ।’

‘उखुको ५ लाखभन्दा धेरै पैसा लिनु छ । पैसा लिन बाँकी हुँदाहुँदै पनि अब हामीले खेत बेचेर साहुको ऋण तिर्ने र सडकमा बसेर माग्ने ?’ महतोले सरकारसँग प्रश्न गरे ।

प्रकाशित मिति: : 2020-12-14 19:59:00

प्रतिकृया दिनुहोस्