भाजपा अध्यक्षसहित १० मन्त्रीलाई कोरोना संक्रमण

Photo: Getty
Photo: Getty

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासहित १० केन्द्रीय मन्त्रीलाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। 

अध्यक्ष नड्डालाई ३ दिनअघि पश्चिम बंगालकाे भ्रमणबाट फर्किएलगत्तै कोरोना पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएकाे छ। अहिले उनी होम आइसोलेसनमा बसेका छन्। 

यता गृहमन्त्री अमित साहलगायत १० केन्द्रीय मन्त्री पनि कोरोना संक्रमण पुष्टि भएकाे छ। 

साहबाहेक ग्रामीण विकास राज्यमन्त्री साध्वी निरञ्जन, रसायन एवम् उर्वरक मन्त्री सदानन्द गौडा, परिवहन मन्त्री नितिन गडकरी, पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधान, सामाजिक न्याय एवम् अधिकारिकता राज्यमन्त्री रामदास आठवालेलाई पनि कोरोना पुष्टि भएकाे छ। 

यस्तैमहिला एवम् बालविकास मन्त्री स्मृति इरानी, भारी उद्योग राज्यमन्त्री अर्जुन मेघवाललाई पनि कोरोना संक्रमण भएकाे हाे। 

यता काेराेना भाइरसकाेे संक्रमणबाट  मन्त्री प्रल्हाद जोशी, रेल राज्यमन्त्री सुरेश अंगडीकाे भने मृत्यु भइसकेकाे छ।

प्रकाशित मिति: : 2020-12-14 08:13:00

प्रतिकृया दिनुहोस्