दुबै मृगौला बिग्रिएर जीवन र मरणको दोसाधमा रहेकी ताप्लेजुङ श्रीजंङ्गा— ७ सिबोककी मनिता गुरुङलाई नगद २ लाख ९ हजार ९ सय ९९ रुपैंया सहयोग गरिएको छ।
मकाउबाट गीता मगर शेर्पाको अगुवाई बिभिन्न सहयोगीदाताबाट संकलित उक्त रकम आज हस्तान्तरण गरिएको हो।
सामाजिक अभियान्ता याङजोम शेर्पाले उक्त रकम बिरामीको श्रीमान तेजबहादुरलाई हस्तान्तरण गरेकी हुन्।
आर्थिक अभावलले उपचारमा समस्या भएको समाचार विभिन्न सञ्चारमाध्यमा आएपछि आफूले सहयोग संकलन गरेर रमक पठाएको गीताले बताइन्।
‘५ महिनादेखि दुबै मृगौलाले काम गर्न छोडेर काठमाडौंको सुमेरु अस्पतालमा उपचार गराइरहेको सुनें। साथै उपचारको क्रममा सबै सम्पती सकिएको खबर सुन्दा निक्कै दुख लाग्यो, म लगायत विदेशमा हुने साथीभाईबाट सहयोग गरेका हौं,’ गीतले भनिन् ।
उनको हप्तामा दुईतीन पटकसम्म डाइलेसिस गराउनु पर्ने हुन्छ।
काठमाडौंमा कोठाको समस्या र पैसा धेरै लाग्ने भएकाले हाल गुरुङले विराटनगरको गोल्सा अस्पतालमा डाइलेसिस गराइरहेकी छिन् ।