जापानमा एकै दिनमा थपिए ३ हजारभन्दा बढी कोरोना संक्रमित

जापानमा शनिबार एकैदिन अहिलेसम्मकै धेरै संक्रमितहरु थपिएका छन्।
 
जापानको स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ शनिबार एकै दिनमा कम्तीमा पनि ३ हजार जना संक्रमित थपिएका हुन्।
 
योसँगै जापानमा अहिलेसम्म संक्रमण हुने व्यक्तिको संख्या ४६ हजारभन्दा बढी पुगेको छ। 

जापानको राजधानी टोकियोमा सबैभन्दा बढी ६२१ जना संक्रमित भेटिएका थिए। 

पछिल्लो समयमा यहाँ संक्रमितहरु बढ्दै गएपछि राजधानी टोकियोका होटल रेष्टुरेन्ट तथा बढी भिडभाड हुने स्थानहरुमा मानिसहरुको सार्वजनिक आवतजावत रोकिएको छ।

यहाँको सरकारले आन्तरिक यातायात सेवा भने नरोक्ने जनाएको छ। 

प्रकाशित मिति: : 2020-12-13 14:55:00

प्रतिकृया दिनुहोस्