पर्साको बहुदरमाई नगरपालिकामा नि:शुल्क आँखा शिविर सम्पन्न

पर्साको बहुुदरमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

मात्रिका आई फाउन्डेसन र बहुदरमाई सचेत समाजको आयोजनामा बहुदरमाई नगरपालिका २ मा शिविर सम्पन्न भएको नेपाली कांग्रेसका युवा नेता राकेश यादवले जानकारी दिए।

No description available.

शिविरमा १२७ जनाको आँखा परीक्षण गर्दा ६० जनामा मोतियाबिन्दु फेला परेको मात्रिका आई फाउन्डेसनका महेश धामिलाईले बिएल नेपाली सेवालाई जानकारी दिए।

कांग्रेसका नेता यादवले आफ्नो व्यक्तिगत लागतमा आयोजना गरेको निःशुल्क आँखा सिबिर कार्यक्रममा बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह, मेयरका सल्लाहकार राजदेव यादव ,नेपाली कांग्रेसका नगर अध्यक्ष लालबाबु ओझा, बुथ सभापति मोतिरहमान,वार्ड अध्यक्षका प्रत्यासी सुनिल पटेल वार्ड अध्यक्ष जितेन्द्र पटेल , विद्यार्थी नेताहरू बद्रीनरायण तिवारी,मुन्ना पटेलको लगायतका बिशेष उपस्थित थिए।

No description available.

यस्तो कार्यलाई आगामी दिनमा समेत आयोजना गर्ने युवा नेता राकेश यावदले बताए।

 यसैगरी उनले गरेको काम स्वागत योग्य रहेको नगरका वाडाबासीले बताएका छन्।

No description available.

प्रकाशित मिति: : 2020-12-12 19:26:00

प्रतिकृया दिनुहोस्